कांग्रेसले निर्वाचन अभियान व्यवस्थित गर्न केन्द्रदेखि स्थानीय तहसम्म समिति गठन गर्ने

डिसी नेपाल
१४ माघ २०८२ १२:५३
52
Shares

काठमाडौं। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभालाई लक्षित गर्दै निर्वाचन अभियानलाई व्यवस्थित बनाउन केन्द्रीय, प्रदेश, जिल्ला र प्रतिनिधिसभा निर्वाचन क्षेत्र तहसम्म विभिन्न समिति र संरचना गठन गर्ने निर्णय गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालयबाट जारी परिपत्रअनुसार निर्वाचन अभियानलाई प्रभावकारी र अनुशासित ढंगले सञ्चालन गर्न आवश्यक विभिन्न समिति गठन गर्न निर्देशन दिइएको हो। पार्टीका उपसभापति एवं संयोजक–केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले उक्त निर्देशन जारी गरेका हुन्।

परिपत्रमा निर्वाचन अभियान व्यवस्थापनका लागि निर्वाचन व्यवस्थापन सचिवालय गठन गरिने उल्लेख छ। यस सचिवालयले निर्वाचन अभियानलाई व्यवस्थित बनाउने, ५/१ अन्तर्गतका साना सभा व्यवस्थापन गर्ने, प्रदेश र जिल्ला पार्टी कार्यालय, भातृ तथा शुभेच्छुक संस्थासँग समन्वय गर्ने जिम्मेवारी पाउनेछ।

यसैगरी निर्वाचन परिचालन मूल समिति गठन गरिनेछ

-राजनीतिक कार्यक्रम व्यवस्थापन उपसमिति
-महिला समन्वय उपसमिति रहनेछन्।

यसका अतिरिक्त कांग्रेसले निम्न समितिहरू गठन गर्ने निर्णय गरेको छः

निजी क्षेत्र समन्वय समिति

१८/३० विशेष अभियान समिति

पूर्वआप्रवासी समन्वय समिति

स्थानीय प्रशासन समन्वय समिति

अनुगमन समिति

लक्षित वर्ग र क्षेत्रगत समन्वयका लागि

– लक्षित स्वयंसेवक समन्वय तथा व्यवस्थापन उपसमिति

– श्रमिक क्षेत्र समन्वय तथा परिचालन उपसमिति

– कृषि क्षेत्र समन्वय तथा परिचालन उपसमिति

– यातायात संस्था समन्वय तथा परिचालन उपसमिति

– गुठी संस्था समन्वय तथा परिचालन उपसमिति

कांग्रेसले निर्वाचन प्रचार–प्रसार मूल समिति समेत गठन गर्नेछ

-मिडिया समन्वय उपसमिति

– सामाजिक सञ्जाल समन्वय उपसमिति रहनेछन्। सामाजिक सञ्जालमा गलत सूचना र नकारात्मक प्रचारको प्रतिवाद गर्ने जिम्मेवारीसमेत यस उपसमितिलाई दिइनेछ।

यसैगरी

स्थानीय तह समन्वय समिति

बौद्धिक क्षेत्र समन्वय समिति

सामाजिक संघ–संस्था समन्वय समिति

धार्मिक संघ-संस्था समन्वय समिति

गठन गरेर पार्टीको निर्वाचन अभियानलाई व्यापक र समावेशी बनाइने कांग्रेसको निर्णय छ। परिपत्रमा आवश्यकताअनुसार अन्य समिति तथा उपसमिति थप गर्न सकिने र ती सबै समितिको विवरण केन्द्रीय कार्यालयमा जानकारी गराउन निर्देशन दिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.