नेकपाले चुनावमा बहुमत नल्याए देश दुर्घटनामा जाने चेतावनी
रामेछाप। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रामेछापमा निर्वाचन परिचालनको लागि १ हजार ३ सय ९९ सदस्यीय कमिटी बनाएको छ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि होमबहादुर बुढाथोकीको संयोजकत्वमा १ हजार ३ सय ९९ सदस्यीय निर्वाचन परिचालन कमिटी बनाइएको निर्वाचन परिचालन कमिटीका प्रवक्ता झम्क कँडेलले जानकारी दिए।
कमिटीमा पालिका, जिल्ला, प्रदेश र केन्द्रीय कमिटीका नेताहरू समावेश गरिएको उनले बताए। यस अघि संविधान सभा सदस्य तथा प्रतिनिधि सभा सदस्यमा समेत निर्वाचित भएर कुशलतापूर्वक काम गरेका कारण नेकपाका उम्मेदवार श्यामकुमार श्रेष्ठ कुशलले रामेछापमा विजय प्राप्त गर्ने उनले दाबी गरे।
उम्मेदवार श्रेष्ठले आफूले जित्ने निश्चित भएको देखेर नै पार्टीले उम्मेदवार बनाएको बताए। कुन व्यक्ति कति पटक चुनाव लड्यो भन्दा पनि काम कस्तो गर्याे भन्ने कुरा महत्त्वपूर्ण हुने उनको दाबी छ।
दिगो विकास, सुशासन र देशलाई समृद्धिको बाटोमा अघि बढाउन आफूले चुनाव जित्ने उनले प्रतिवृद्धा व्यक्त गरे। जेनजीले उठाएका माग संविधानमा समेट्न आफूले अगुवाइ गर्ने श्रेष्ठले बताए।
श्रेष्ठले जिल्लामा भएका विकास निर्माणका काम आफ्नै अगुवाइमा भएको दाबी पनि गरे। मुलुकको नेतृत्व गर्ने पालो अब नेकपाको भएको बताउँदै उनले आफूले चुनाव जित्ने दाबी गरे। देशमा नेपाली कम्युनिष्ट पार्टीले बहुमत ल्याएन भने देश दुर्घटनामा जाने उनले चेतावनी दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment