एमालेको हिसाबकिताब-‘झापा-५ मा कुनै जोखिम छैन’
काठमाडौं । नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको झापा ५ मा कुनै जोखिम नभएको विश्लेषण गरेको छ। शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले पार्टीको विश्लेषण खुलासा गरेका हुन्।
उनले झापा ५ मा आफ्नो पार्टीका मतदाता सुरक्षित रहेको दाबी गरे। उनले सामाजिक संजालको हल्लाखल्लाले थोरै प्रभाव परेको भए पनि परिणाम नै फरक पर्ने स्थिति नरहेको बताएका हुन्।
आफूहरूले मतदातासँग कुरा गरेर आफ्ना मतदाता सुरक्षित रहेको विश्लेषण गरेको उनले दाबी गरे। उनले भने ‘होला सोसल मिडियामा हुने हल्लाखल्लाले एक खालको प्रभाव त पारेको छ। तर हामी झापा-५ मा पनि सुरक्षित अवस्थामा छौं, त्यहाँ कुनै प्रकारको जोखिम छैन।’
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment