एउटै फिल्ममा दुई सुपरस्टारको भिडन्त, ऋतिक हिरो प्रभास भिलेन !

डिसी नेपाल
१ असोज २०७६ ११:३२

मुम्बइ। बलिउड अभिनेता ऋतिक रोशन र प्रभासबिच भिडन्त हुने भएको छ। उनीहरू एउटै सिनेमामा एक जना नायक र अर्को खलनायक बन्ने भएपछि सिनेमाको पर्दामा उनीहरूबिच भिडन्त हुन लागेको हो। उनीहरू बिच ‘दंगल’ तथा ‘छिछोरे’ निर्देशक नितिश तिवारीको निर्शेनमा बन्ने ‘रामायण’मा राम र रावणका रूपमा भिडन्त हुन लागेको हो।

सिनेमामा ऋतिक ‘राम’ र दिपिका ‘सीता’ बन्ने तय भइसकेको भएपनि रावणको टुङ्गो लागेको थिएन। तर बलिउड समाचारसम्बन्धी वेबसाइट बलिउड लाइफ डटकमले सिनेमामा प्रभासले ‘रावण’को भूमिका गर्ने तय भएको जनाएको छ। सो साइटका अनुसार ‘रावण’को भूमिका गर्न प्रभास तयार भएका छन्।

‘बाहुबली’ सिरिजको सफलताले प्रभास क्षेत्रिय स्टारबाट भारतीय स्टार भइसकेका छन्। यस्तोमा ‘रावण’को भूमिकाले उनलाई थप उचाइ दिने अनुमान गरिएको छ। हाल उनी अभिनित ‘साहो’ प्रदर्शनमा रहेको छ। सिनेमाको हिन्दी संस्करणले सुपरहिट कमाइ गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *