काठमाडौं १ मा श्रेष्ठको जित सुनिश्चित रहेको उज्यालो नेपालको दाबी
काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा आफ्नो पार्टीका उम्मेदवार मंगलाल श्रेष्ठको जित सुनिश्चित रहेको उज्यालो नेपाल पार्टीले दाबी गरेको छ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को घरदैलो अभियानका क्रममा उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा सदस्यमा इन्जिनियरसमेत रहेका श्रेष्ठको जित सुनिश्चित रहेको बताएको हो।
श्रेष्ठले लामो समय इन्जिनियरिङ क्षेत्रमा योगदान पुर्याएका छन्। उनले ३० वर्षभन्दा बढी समय इन्जिनियरिङ तथा सामाजिक क्षेत्रमा व्यतित गरेका छन्।
श्रेष्ठले आफू सुशासन, समृद्धि, सामाजिक न्याय र दिगो विकासको एजेन्डासहित चुनावी मैदानमा होमिएको बताएका छन्। ‘अहिले नेपाली राजनीतिले परिवर्तन खोजेको छ। योजना भएको युवा नेतृत्व अहिलेको आवस्यकता हो। म अरुको आलोचना भन्दा पनि योजना बोकेर जनताको घरदैलोमा आएको छु। तपाईंहरूको अमुल्य मत पाउनेमा म विश्वस्त छु,’ उनले भने।
उज्यालो नेपाल पार्टीले काठमाडौं–१ मा नयाँ राजनीतिक विकल्प प्रस्तुत गर्दै जनताको विश्वास जित्ने दाबी गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment