देउवा, ओली र प्रचण्डबीच भेटवार्ता, झापामा सघाउन ओलीको अनुरोध

डिसी नेपाल
१९ माघ २०८२ १६:२५
4.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका निबर्तमान सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहार प्रचणडबीच भेटवार्ता भएको छ । भेट आइतबार भएको स्रोत बताउँछ ।

आगामी चुनाबमा शेरबहादुर देउवा उम्मेदवार छैनन् तर ओली र प्रचण्ड भने उम्मेदवार छन् । यो भेटमा मुख्यगरी केपी शर्मा ओलीले देउवा र प्रचण्डसँग सहयोग मागेको बताइएको छ । स्रोतका अनुसार ओलीले आफ्नै निर्वाचन क्षेत्र झापा ५ मा सहयोग गर्न आग्रह गरेका थिए ।

नेताहरूको भेटको मुख्य विषय निर्वाचन नै भएको बताइएको छ । ओलीले खासगरी झापा र दाङमा सहयोग मागेका थिए । झापामा ओली आफैं उम्मेदवार छन् भने दाङमा उनका विश्वासपात्र महासचिव शंकर पोखरेल उम्मेदवार छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.