देश विकासको नेतृत्व लिन कांग्रेस तयार छः महामन्त्री पौडेल

डिसी नेपाल
१९ माघ २०८२ १९:०८

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस देशको विकासका लागि नेतृत्व लिन तयार रहेको बताएका छन्।

नागरिकको अपेक्षा अनुसार नै पार्टी सुधारिएको भन्दै उनले अब सुधारिएको नेतृत्वले नै देश विकासको नेतृत्व लिने बताए। नेपाली कांग्रेससँग नागरिकका गुनासा छन्, उनले भने, ‘अपेक्षा झन् धेरै छन्। नागरिकका गुनासा सम्बोधन गर्दै अब अपेक्षाअनुसारको समृद्धि दिने बाटोमा हामी छौं।’

आम निर्वाचन २०८२ का लागि देश विकासका भिजन समेटिएको घोषणा पत्र तयार हुँदै गरेको भन्दै उनले यसले नागरिकका चाहना सम्बोधन गर्दै देश विकासको अबको मार्ग चित्र तय गर्ने बताए।

‘नागरिकको अपेक्षाअनुसार देश बदल्ने यात्रामा प्रमुख १० प्राथमिकता तय गरेर हामी अघि बढ्दैछौ,’ उनले भने,‘तपाईं सबैको साथ अपेक्षा गरेका छौं।’
देशैभर कांग्रेस उम्मेदवारहरु चुनावी मैदानमा अघि बढिरहेको भन्दै उनले फेरिएको नीति र नेतृत्व दुवैले नयाँ उर्जा दिएको बताए।

महामन्त्री पौडेलले काठमाडौं ५ को सांसदका रुपमा आफूले विगतमा इमान्दार भएर क्षेत्र र राष्ट्रको विकास तथा नीति निर्माणमा काम गरेको भन्दै उनले विगतमा आफूले थालेका असल अभ्यासको निरन्तरता दिंदै अझ धेरै काम गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.