किन डराउँदैछन् ओली ?

डिसी नेपाल
२० माघ २०८२ ११:२६
1.5k
Shares

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली अहिले निकै नै आत्तिएका छन्। उनलाई चुनाव जित्छु भन्ने लागेकै छैन। अझ आफ्नो प्रतिद्वन्द्वी काठमाडाैं महानगरपालिकाका पूर्व मेयर बालेन शाहसँग हुँदा झनै आत्तिएका हुन्। बालेन मेचीदेखि महाकाली यात्रा गर्दा जहाँ गए पनि उनको क्रेज बढी छ।

काठमाडौँ महानगरपालिकाको मेयरबाट राजीनामा दिएर रास्वपाको वरिष्ठ नेता भएर बालेन घुमघाममा व्यस्त छन्। भलै केही भाषण गर्दैनन् घण्टी बजाउन भने छाडेका छैनन्।

अर्कातर्फ भदौ २४ गते भएको सबै विध्वंशका इन्जिनियर पेशालेसमेत इन्जिनियर रहेका बालेन नै हुन् भनेर धेरै ठाउँबाट प्रमाणित भइरहँदा उनको पक्षमा लाग्ने जोसुकैले ओलीमाथि भौतिक आक्रमण नगर्ला भन्न सकिँदैन। त्यसैले ओली जहाँ गइरहेका छन् सुरक्षा चुनौती खेपिरहेका छन्।

अर्कातर्फ उनै नालायक ओलीकै कारण जेन-जी आन्दोलनमा ७६ जनाको अनाहकमा ज्यान गएको छ। ओलीले एक रत्ति पनि आफ्नो गल्ती भएको स्वीकारेका छैनन्। उनी जेन-जी आन्दोलनका सबैभन्दा ठूलाे खलनायक रूपमा उनकाे प्रचार भइरहेकाे छ।

जेन-जी मार्नमा आफ्नो कुनै हात नरहेकोमात्र बताइरहेका छन्। जो सरकारको बागडोर सम्हाल्छ उसमा नैतिकता हुनुपर्छ। ओलीले त्यो नैतिकता गुमाउँदै गएका छन्। उनी प्रधानमन्त्री हुँदा जेन-जीले ज्यान गुमाए। उनी आफ्नो सुरक्षासमेत गर्न नसकेर सेनाको हेलिकोप्टरमा भागे।

अरुको हालत के थियो होला। पदमा हुँदा त ज्यान जोगाउन नसकेर सेनाको हेलिकोप्टरमा भागेका ओलीलाई अहिले विध्वंशका नायकविरुद्ध चुनाव लड्नुपर्दा कम्ता तनाव भएको छैन।

यतिबेला उनी गठबन्धनकाे लागि छलफलमा जुटेका छन्। रूख र सूर्यको एकता भए सबै जित्न सकिन्छ भन्ने उनलाई परेको हो । त्यही बलमा उनले १३ महिना सत्ता चलाए। देउवा प्रधानमन्त्री हुने बेलामा जेन–जी आन्दोलनले देउवाको आकांक्षामा तुसारापात गराइदियो ।

जेन–जी आन्दोलनपछि सबैभन्दा बढी असर कसैलाई परेको छ भने त्यो ओली र देउवालाई नै हो । यिनीहरूको भ्रष्टाचारको फेहरिस्त ठूलो छ । हुनत आन्तरिक रुपमा ओली र गगनबीच पनि छलफल भएको दाबी स्रोतको छ । तर ओली यतिसम्म कमजोर रहेछन् कि बालेनको सामना गर्न उनलाई डर लागिरहेछ । झापाका कयौँ समस्या ज्यूँका त्यूँ रहँदा भ्युटावर बनाएर विकासले फड्को मार्ने दाबी गरेका ओली आफ्नै कार्यकर्तासँग समेत झस्कन थालेको दाबी गरिएको छ।

जनभावना साप्ताहिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.