चुनावी अभियान तीव्र बनाउँदै उज्यालो नेपाल पार्टी
बारा । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बारा जिल्लाका विभिन्न स्थानमा मतदातासँग भेटघाट गर्दै आफ्नो चुनावी अभियान तीव्र बनाएका छन्।
घिसिङले सोमबार बिहान ६ बजे सिमरा एयरपोर्टबाट आफ्नो भ्रमण सुरु गरेका थिए । त्यहाँबाट उनी लामिडाँडा हुँदै रामनगर र त्यसपछि टाङ्गिया बस्ती पुगेका थिए, जहाँ कोणसभा आयोजना गरिएको थियो।
टाङ्गिया बस्तीमा लगभग १७-१८ सय घर छन्, र यो क्षेत्र व्यक्तिको नामभन्दा प्रति जग्गामा विभाजित छ। उक्त बस्तीमा अन्य आवश्यक सुविधा भने पर्याप्त छैनन् ।
अध्यक्ष घिसिङले बस्तीमा बत्ति जडानको पहल गरेका थिए, जसले स्थानीय जनताको जीवनमा सुधार ल्याउने अपेक्षा गरिएको छ। भ्रमणको क्रममा उनी रामनगरमै रात्रीभोज गरी बस्तीमा बसेका थिए।
भोलिपल्ट (आज) घिसिङ कलैया पुगेका थिए र त्यहाँ भोजन गरेका थिए । त्यसपछि उनी प्रसौना हुँदै पुनः सिमरा एयरपोर्टबाट काठमाडौं फर्केका छन्।
उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङले यस भ्रमणले बारा जिल्लामा पार्टीको मतदातासँग प्रत्यक्ष संवाद र स्थानीय समस्याहरू बुझ्ने अवसर प्रदान गरेको बताएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment