नेकपा ओखलढुंगामा विद्रोह, केन्द्रीय सदस्यबाट राजीनामा दिएर एमालेमा

डिसी नेपाल
२० माघ २०८२ १६:११
1.1k
Shares

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सिताराम गुरुङले पार्टीबाट राजीनामा दिएका छन् । उनले नेकपाले ओखलढुंगाको लागि उम्मेदवार बनाएका अम्बिरबाबु गुरुङलाई सहयोग गर्न नसक्ने भन्दै पदबाट राजीनामा दिएका हुन् ।

सिताराम पहिले एमाले थिए । केही समयअघि उनले एमाले छाडेर नेकपा प्रवेश गरेका थिए । अम्बिर आफैं पनि एमाले छाडेर नेकपा गएका हुन् । अम्बिर एमालेमा छँदा उनीसँगै असहमत भएर पार्टी छाडेर नेकपा गएका सिताराम अम्बिर पनि नेकपा गएर टिकट नै लिएपछि फेरि एमालेमै फर्किएका हुन् ।

उनले संकटको घडीमा ओखलढुंगा जिल्ला र मुलुकलाई अघि बढाउन एमाले आवश्यक रहेको भन्दै एमालेमा समाहित भएको घोषणा समेत गरेका छन् । सितारामले एमाले उम्मेदवार अस्मिता थापालाई जिताउन आफू क्रियाशील हुने घोषणा वक्तव्यमा गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.