काठमाडौंमा श्रृंखलावद्ध चोरी गर्नेलाई प्रहरीले गोली हानेर समात्यो
काठमाडौं। काठमाडौं महानगरपालिका-६, बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको ६५ तोला सुन तथा चाँदीका गहना चोरी गर्ने व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको टोलीले नेपालगञ्ज घर भएका प्रेम थारुलाई गएराति नागार्जुन नगरपालिकाको महांकालबाट नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि प्रहरीले खुट्टामा एक राउण्ड गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो।
प्रहरीको गोली लागेर घाइते थारुको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरी अनुसन्धानका अनुसार थारु मंगलबार दिउँसो १२ बजेतिर रिन्जी लामाको घरमा प्रवेश गरेका थिए।
घरका सदस्यहरू पाँचौँ तला र छतमा घाम तापिरहेको मौका छोपी उनी सरासर चौथो तलामा पुगेर लाखौँ मूल्य बराबरका सुन र चाँदीका गहना तथा बहुमूल्य समान चोरेका थिए।
दिउँसो २ बजेतिर मात्रै चोरी भएको थाहा पाएपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए। यस विषयमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।







डिसी नेपाल







Facebook Comment