प्रधानमन्त्री ओलीलाई भेटेपछि अभिनेत्री श्वेता खड्का दङ्ग!
काठमाडौं। अभिनेत्री श्वेता खड्का फिल्मी दुनियाबाट पछिल्ला दिनहरुमा टाढा छिन्। उनले अभिनय गरेको फिल्म रिलिज नभएको धेरै भइसकेको छ। तर, उनी चर्चामा भने सँधै रहन्छिन्।
अभिनेत्री खड्का पछिल्ला दिनहरुमा सामाजिक सेवामा समर्पित छिन्। उनले सिन्धुपाल्चोकमा माझीहरुका लागि नमुना वस्ती बनाइरहेकी छन्।
यही प्रसंगमा उनले प्रधानमन्त्री केपी ओलीसँग पनि भेट गरेकी छन्। मंगलबार प्रधानमन्त्री ओलीलाई भेटेकी उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा प्र्रधानमन्त्री ओलीसँगको तस्वीर सार्वजनिक गर्दै भेटपछि आफु दङ्ग भएको प्रतिक्रिया दिएकी छन्।
उनले लेखेकी छन्, ‘हिजो , सम्माननीय प्रधानमन्त्री के पि शर्मा ओली ज्युसंग भेट्ने शुभ अवसर जुर्यो । भेटका अवसरमा सिन्धुपाल्चोकमा निर्माणाधिन एकिकृत नमुना माझी बस्तीको बारेमा कुरा भयो । भेटका क्रममा उहाँले प्रकट गर्नु भएको सकारात्मक बिचार र द्रुढ इक्ष्याशक्ती र देखेर म त दङ्ग भएँ ।’
उनले प्रधानमन्त्रीले हौसला र उत्साह थपेपछि सामाजिक कर्ममा लाग्ने आफ्नो जाँगर बढेको बताएकी छन्। उनले भनेकी छन्, ‘५३ घर माझी परिवारका लागि एउटा सुन्दर वस्ती बनाउने यो अभियानमा सबै तह , सबै तप्का र सबै पक्षलाई जोड्ने मेरो प्रयास जारी छ । लौन त , राजनैतिक द्रेश र अतिवादी सोचलाई पैताला मुनी कुल्चिएर सामाजिक बिकासको पाटोमा हामी सबैले साझा पाईला चाल्ने कि !’
No ads found for this position


डिसी नेपाल
Facebook Comment