दाङका कांग्रेस उम्मेदवार जिताउन काठमाडौंमा युवा भेला

डिसी नेपाल
२४ माघ २०८२ १८:३२
52
Shares

काठमाडौं। फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीन वटै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन काठमाडौंमा रहेका युवाहरुको भेला आयोजना गरिएको छ। शंकरदेव क्याम्पसको सभाकक्षमा दाङ काठमाडौं युवा भेलाले हरिस भण्डारीको नेतृत्वमा सहजीकरण समिति गठन गरिएको छ।

भविष्यमा नेपाली कांग्रेस दाङ काठमाडौं सम्पर्क समितिमा रुपान्तरण गर्ने र तत्काल भने चुनाव केन्द्रीत गतिविधिमा सक्रिय सहभागि हुने भेलाले निष्कर्ष निकालेको हो। दाङबाट काठमाडौंमा आएर अध्ययनरत एवं विभिन्न पेशा तथा व्यवसायमा आवद्ध झण्डै १५० बढीको भेलालाई संवोधन गर्दै नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले अहिले लोकतन्त्रमाथि खतरा रहेकाले संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेसजन एकजुट हुनुपर्नेमा जोड दिए।

यसैगरी, नेपाल पत्रकार महासंघका पूर्वसभापति विपुल पोखरेलले उच्च मनोबलका साथ चुनावी प्रचार प्रसारमा केन्द्रीत हुन आग्रह गर्दै सम्भव भएसम्म दाङ पुग्न आग्रह गरे। त्यसैगरी नेपाल औषधी आयातकर्ता संघका अध्यक्ष पवन आचार्यले दाङको चुनावी माहोलबारे चर्चा गर्दै सवैको साथ र सहयोगले आगामी निर्वाचनमा सफलता हासिल हुने बताए।

यसैगरी, युवा नेता हरिस भण्डारीले आगामी दिनमा पनि यसैगरी भेला र छलफल गरी दाङको चुनावी माहोलका सँगसँगै विकास निर्माणका सवालमा पनि बहसहरु चलाउने प्रतिवद्धता व्यक्त गरे। अहिलेको चुनाव सामाजिक सञ्जालका बहसले पनि प्रभाव पार्ने भएकाले युवा तथा विद्यार्थीहरुले सचेत भएर लाग्नु पर्नेमा जोड दिए।

फागुन २१ गतेको चुनवामा दाङ क्षेत्र नम्बर १ बाट सहमहामन्त्री योगेन्द्र चौधरी, क्षेत्रनम्बर २ बाट युवा व्यसायी एव महासमिति सदस्य किरण किशोर घिमिरे र क्षेत्र नम्बर ३ बाट निवर्तमान केन्द्रीय सदस्य दीपक गिरी उम्मेदवार छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.