बिहे भोजले १०० जनाभन्दा धेरै बिरामी, गाउँमै शिविर राखेर उपचार गरिँदै
काठमाडौं । खोटाङमा बिहे भोज खाएपछि १०० जनाभन्दा धेरै निम्तालु बिरामी परेका छन्। बिरामीमध्ये केहीको गम्भीर छ। जन्तेढुंगा गाउँपालिका-६ दिप्लुङमा भएको बिहेमा भोज खाएका सबै गाउँले बिरामी परेका हुन् ।
घटनाबारे थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय खोटाङले इलाका प्रहरी कार्यालय चिसापानीबाट इन्सपेक्टर विजय लामिछानेको नेतृत्वमा प्रहरी टोली पठाएको बताएको छ । घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।
स्थानीय वर्णबहादुर राईका छोरा किशोर राईको यही माघ २१ गते विवाह भएको थियो। घरमा बेहुली भित्र्याएपछि राई परिवारले माघ २२ गते गाउँलेका लागि भोजको आयोजना गरेका थिए।
झण्डै डेढसय जनाले भोज खाएको बताइएको छ । भोज खानेजति सबै बिरामी परेको बताइएको छ ।
धेरै जना एकैपटक बिरामी भएपछि गाउँदै शिविर राखेर उनीहरूको उपटार भइरहेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment