काठमाडौंबाट ओखलढुंगा गइरहेको बस तामाकोशीमा खसेर डुब्यो

डिसी नेपाल
२७ माघ २०८२ ११:५७
3.3k
Shares

काठमाडौं। काठमाडौंबाट ओखलढुंगाको लागि छुटेको बस तामाकोशी नदीमा खसेर डुबेको छ। प्रहरी चौकी सेलेघाटका अनुसार बस पानीमा चुर्लुम्म डुबेको छ र धेरैको ज्यान गएको हुन सक्ने आशंका गरिएको छ।

अहिलेसम्म ३-४ वटा लाश निकालिसकिएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार केही लाशहरु पानीमा तैरिएको अवस्थामा देखिएका थिए । प्रदेश ३ ०१-००५ ख ९९७५ नम्बरको बस दुर्घटना भएको हो।

बसमा सवार केही यात्रु भने घाइते अवस्थामा फेला परेको र उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *