कमल संघर्षको हियाका कुडा गजल सङ्‍ग्रह लोकार्पण

डिसी नेपाल
३ फागुन २०८२ १७:५३
52
Shares

काठमाडौं । गजलकार कमल संघर्षद्वारा लिखित गजल सङ्ग्रह हियाका कुडा एक समारोहका बिच लोकार्पण गरिएको छ।

शिखा बुक्सको आयोजनामा सम्पन्न समारोहमा विवेक ओझा, शितल कादिम्बनी, पूर्ण रावल, लेखक कमल संघर्ष र पुष्पराज पौडेलले संयुक्तरुपमा गजल सङ्‍ग्रहको लोकार्पण गरेका हुन्।

न्याधन रामन, लक्ष्मण संगम, मदन बुढाले संग्रहमा रहेका गजल वाचन गरेका थिए भने पूर्ण रावलले कमलले गजलमा खस भाषालाई जोडेर देशलाई नै गुन लगाएको बताए।

शितल कादम्बिनीले कमल हियाका कुडा पढेपछि आफूलाई डाह र इख लागेको बताइन्। गजल जति पटक पढ्दा पनि त्यति धेरै पढ्न मन लाग्ने खालका रहेको उनले बताइन्। उनले आफूलाई मन परेका गजल गायन पनि गरेकी थिइन्।

मदन पुरस्कार विजेता विवेक ओझाले कमल आफ्नो समकालीन रहेको, उनका गजलबाट आफू सधैँ प्रभावित रहेको र हियाका कुडामा पश्चिम नेपालको इतिहासलाई गजलसित जोड्न साफल भएकोमा थप खुसी लागेको बताए।

लेखकले आफ्नो तेस्रो कृतिमा पनि पहिलाजस्तै मेहनेत गरेकाले पाठकहरूले मन पराउने बताए। कमल संघर्षका सडक र खुडी प्रकाशित छन् भने शिखा बुक्से प्रकाशन गरेको हियाका कुडाको मूल्य ३५० रुपैयाँ रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *