स्कूल बस दुर्घटना ‘अपडेट’- छ जनाको उपचार हुँदै

डिसी नेपाल
३ फागुन २०८२ २१:५२
1.6k
Shares
गलकोट (बागलुङ)। गत बिहीबार बागलुङ नगरपालिका–३ रात्माटामा भएको स्कूल भ्यान दुर्घटनाका २४ घाइतेमध्ये १८ जना विद्यार्थी उपचारपछि घर फर्केका छन्। बस दुर्घटनामा धौलागिरी अस्पतालमा उपचाररत सबै घाइते घर फर्किएका हुन्।
गत बिहीबार बागलुङ नगरपालिका–१ स्थित न्यू एभरेष्ट बोर्डिङ स्कुलको ग १ च ८६२१ भ्यान दुर्घटना भएको थियो। दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो।
कक्षा ४ का सुजल छन्त्यालको उपचारको क्रममा शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  र कक्षा ८ का अमन बोहोराको दुर्घटना भएकै दिन धौलागिरी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।
हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना सङ्गम किसानको उपचार भइरहेको छ। बाँकी पाँच जना अनन्या किसान, आयान बोहोरा, सोलुमान रसाइली, निकित किसान र सुमन गैरेको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेको धौलागिरी अस्पताल बागलुङका प्रमुख डा किरण तिवारीले जानकारी दिए।
दुर्घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालको संयोजकत्वमा समिति गठन भएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.