आर्जु गिरीको नयनमा कृष्णदेव र प्रविणको सहकार्य

डिसी नेपाल
४ फागुन २०८२ २१:२९
48
Shares

काठमाडौं। लेखन विधामा निरन्तर कलम चलाई रहेका गीतकार तथा गजलकार आर्जु गिरीको ‘नयन’ गीतको भिडियो सार्वजनिक भएको छ।

आर्जु गिरीको शब्द रचना रहेको गीतमा प्रविण बेडवालको स्वर रहेको छ। गीतमा सन्दीप वस्ती र उपासना पाठकको प्रेम तथा रोमान्सका किस्सालाई निर्देशक कृष्णदेव रुपाखेतीले कलात्मक शैलीमा भिडियोमा प्रस्तुत गरेका छन्।

प्रविणको जादुमयी स्वरमा दुवै कलाकार गज्जबले भावनामा डुबेको दृश्य निकै नै लोभलाग्दो छ। भिडियोलाई फिल्मी शैलीमा उर्तान र वैँशालु उमेरका हरेक युवा युवतीले भोगेको कथालाई जस्ताको त्यस्तै देखाउन सिनेमेटोग्राफर उत्सब दाहालको पनि हात रहेको छ।

आफैँमा एक कुशल र अनुभवी सिनेमेटोग्राफर हुन् उत्सब। कैयौं म्यूजिक भिडियो र केही फिल्ममा काम गरिसकेका अनुभवी छायांकर उत्सब, गायक प्रविण र निर्देशक रुपाखेतीको टिमले निकै नै मेहेनत गरेको भिडियो एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो।

सो अवसरमा बोल्दै गायक प्रविणले आफूले ‘नयन’मा साँच्चिकै मेहेनत गरेको पटक/पटक दोहोर्‍याए। त्यस्तै निर्देशक रुपाखेतीले नयनमा नयाँ कलाकार भएको भएता पनि टिमवर्क राम्रो भएका कारण र कलाकारले आफूलाई चरित्रमा ढाल्न सफल भएकै कारण भिडियो उत्कृष्ठ बनेको बताए।

गायक प्रविण स्वयमकै कम्पोज रहेको गीतको कथा गीतकार स्वयमकै हो। विकाश दाहालले सम्पादन गरेको भिडियो नेपाली गजल बहारबाट बजारमा आएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.