पूर्ण ओलीका ‘समृद्धि सपना’ र ‘बहुरूपी मान्छे’
काठमाडौं। पूर्ण ओलीका दुई पुस्तक, ‘समृद्धि सपना’ र ‘बहुरूपी मान्छे’, काठमाडौंमा आयोजित एक समारोहमा विमोचन गरिएको छ। कार्यक्रममा इतिहासविद् तथा राजनीतिक विश्लेषक प्राडा.सुरेन्द्र केसी, साहित्यकार एवं गीतकार राजेन्द्र थापालगायतले पुस्तक विमोचन गरेका हुन्।
नेपाली सेनाका अवकाशप्राप्त ब्रिग्रेडियर जनरल प्रेमसिंह बस्न्यातले पुस्तकको समीक्षा गर्दै ओलीले आफ्नो कृतिमा देशको राजनीतिक, सामाजिक, सांस्कृतिक र शैक्षिक दूरवस्था तथा त्यसका कारण र परिणाम उल्लेख गरेको बताए। बस्न्यातका अनुसार लेखकले देशलाई असहज परिस्थितिबाट बाहिर निकाल्ने विभिन्न सुझाव पुस्तकमा प्रस्तुत गरेका छन्।
साहित्यकार र समालोचक घनेन्द्र ओझाले पूर्ण ओली नेपाली सेनाका अवकाशप्राप्त अधिकृत भएको स्मरण गराउँदै लेखकले आफ्नो जागिरे जीवनमा देश र विदेशमा देखेका तथा भोगेका अनुभवहरू साथै अवकाशपछि अनुभव गरेका विषयवस्तु पुस्तकमा समेटेको बताए।
लेखक ओलीले देशमा देखिएको अनियमितता, भ्रष्टाचार र अपराधका कारण उत्पन्न चौतर्फी समस्या पुस्तकमा समेटेको उल्लेख गरे। प्राडा.सुरेन्द्र केसीले देशमा अन्योल, अस्थिरता र अराजकताले शासकमा जिम्मेवारी, इमान, नैतिकता र आदर्श हराएको निष्कर्ष व्यक्त गरे।







डिसी नेपाल







Facebook Comment