पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई गरियो बिदाइ (फोटोफिचर)

डिसी नेपाल
५ फागुन २०८२ १४:२९
8
Shares

काठमाडाैं। महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई दान दक्षिणासहित बिदाइ गरिएको छ। साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दान दक्षिणासहित बिदाइ गरेको हो।

बिदाइका लागि संस्थानले करिब ३० लाख बजेट छुट्याएको थियो। रातो, नीलो, सेतो, पहेँलो र हरियो रङका कार्ड दक्षिणाका लागि नागा बाबालगायत साधुसन्तलाई आएकै दिन बाँडिएकाे थियाे।

जसमा कार्ड बाँडिएका मध्ये रातो कार्ड भएका साधुसन्तलाई ११ हजार, प्याजी कार्ड भएका साधुसन्तलाई ६ हजार, निलाे ४ हजार, पहेंलाे २५ सय, हरियाे ११ सय, गुलाबि ५५१,सेताे कार्ड भएकालाई २०० रूपैयाँ दक्षिणा साधुसन्तलाई प्रदान गरिएकाे छ।

तस्विरहरू : दामोदर सापकोटा/ नेपाल न्यूज बैंक

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.