टी २० सिरिजको लागि नेपाली टिम घोषणा, ज्ञानेन्द्र, शरद र बसन्त नखेल्ने
काठमाडौं। सिंगापुर र ओमानमा हुन लागेको टी–२० क्रिकेट सिरिजका लागि नेपाली टिम घोषणा गरिएको छ । टिममा नियमित उपकप्तान ज्ञानेन्द्र मल्ल, सिनियर ब्याट्सम्यान शरद भेषावकर र सिनियर बलर बसन्त रेग्मीलाई विश्राम दिइएको छ ।
नेपालले सिंगापुरमा घरेलु टिमसहित जिम्बाब्वेविरुद्ध सिरिज खेल्दै छ भने त्यसपछि आयरल्याण्ड, नेदरल्याण्ड्स, हङकङ र ओमनसँगको सिरिज खेल्ने छ । घोषणा गरिएको १५ सदस्यीय टिममा कप्तान खड्कासहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललितनारायण राजवंशी, पवन शर्राफ, सन्दीप लामिछाने, सन्दीप जोरा, अभिनास वोहरा, कुशल मल्ल, इशान पाण्डे, रोहित पौडेल र आशिफ शेख रहेका छन् । नियमित उप–कप्तान ज्ञानेन्द्र मल्लले यो सिरिजमा सहभागिता नजनाउने भएपछि उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीले पाएका छन् । इशान पाण्डे पहिलोपटक सिनियर राष्ट्रिय टिममा परेका हुन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment