पूर्वमन्त्री ढकाल फिलिपिन्सका पूर्वसभामुख जेडीभीको श्रद्धाञ्जली सभामा सहभागी

डिसी नेपाल
५ फागुन २०८२ १७:०७
236
Shares

फिलिपिन्स । नेपाल सरकारका पूर्वमन्त्री एकनाथ ढकाल फिलिपिन्सका पूर्वसभामुख होसे डेभेनेशिया जुनिएरको श्रद्धाञ्जली सभामा सरिक भएका छन्। फिलिपिन्सको प्रतिनिधिसभामा पाँच पटक सभामुख भएका होसे डेभेनेशिया जुनिएरको २०२६ फेब्रुअरी १० मा ८९ वर्षको उमेरमा निधन भएको थियो।

उनको सम्मानमा फिलिपिन्सको प्रतिनिधि सभाले एक श्रद्धाञ्जली सभा आयोजना गरेकोमा राष्ट्रिय तथा अन्तराष्ट्रिय सांसदहरू, विशिष्ट व्यक्तित्वहरू भेला भएका छन्।

फिलिपिन्सका सभामुख फुस्थिनो दि तेश्रोले कार्यक्रमको अध्यक्षता गरेका थिए। सो अवसरमा पूर्वसभामुखहरू, पूर्वसिनेट अध्यक्षहरू तथा वर्तमान सांसदहरूले श्रद्धाञ्जली मन्तव्य दिँदै दे डेभेनेशियाको दशकौं लामो सार्वजनिक सेवाको स्मरण गरेका छन्। पूर्वराष्ट्रपति ग्लोरिया माकापागल आरोयोले उनको कूटनीतिक योगदान र संसदीय नेतृत्वलाई विशेष रूपमा प्रशंसा गर्दै राजनैतिक दूरदर्शिताको सराहना गरे।

अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तित्वहरूमध्ये नेपालबाट पूर्वमन्त्री ढकाल उपस्थित भएका थिए। उनले जेडीभीलाई शान्तिबादी नेताकोको रुपमा आफ्नो मार्गदर्शकका रूपमा स्मरण गर्दै एसियाभर संवाद र सहकार्य प्रवर्द्धनमा खेलेको भूमिकाप्रति प्रशंशा गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।

जेडीभीका पत्नी, सांसद जीना डे भेनेसिया तथा उनका सन्तानहरूलाई विधायिकी स्मृतिचिन्ह प्रदान गरी सम्मान गरिएको थियो।

राष्ट्रिय राजनीतिभन्दा बाहिर पनि दे डेभेनेशियाले “इन्टरनेश्नल कन्फेरेन्स अफ एसियन पोलिटिकल पार्टीज” स्थापना गरेका थिए। यसले क्षेत्रीय संवाद र सहकार्यप्रतिको उनको प्रतिबद्धतालाई उजागर गर्छ।

ढकाल हाल ‘अन्तर व्यबस्थापिका सभामुख सम्मेलन’ (आइएससी) का महासचिव समेत हुन्। यो विश्वभरका संसदीय नेताहरूको वैश्विक मञ्च हो। यसले संसदहरूबीच अर्थपूर्ण सहकार्य प्रवर्द्धन गर्ने उद्देश्य राख्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.