एमाले महासचिव शंकर पोखरेल संकटमा, सघाउने सहमति गरेका उम्मेदवार अर्कै पार्टीमा गए

डिसी नेपाल
७ फागुन २०८२ ११:०३
6.6k
Shares

काठमाडौं । एमाले महासचिव शंकर पोखरेल अप्ठ्यारोमा परेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले दाङ-२ मा आफ्नो उम्मेदवारी फिर्ता लिएर एमालेलाई सघाउने सहमति गरेको भए पनि प्रलोपाका उम्मेदवार भने नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका छन् ।

केही हप्ताअघि प्रलोपा र एमालेबीच सहमति भएको थियो । सहमतिमा दाङ २ मा प्रलोपाले एमालेलाई सघाउने र रूकुम पश्चिममा एमालेले प्रलोपा उम्मेदवार जनार्दन शर्मालाई सघाउने भनिएको थियो । तर प्रलोपाको तर्फबाट दाङ-२ मा उम्मेदवार रहेका प्रतिक अधिकारी भने यो सहमतिबाट असन्तुष्ट थिए । अब अधिकारी नेकपामा प्रवेश गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.