रास्वपा सिन्धुली-२ का उम्मेदवार आशिष गजुरेलले सार्वजनिक गरे बाचा-पत्र

डिसी नेपाल
७ फागुन २०८२ १२:२७
12
Shares

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका सिन्धुली-२ का उम्मेदवार आशिष गजुरेलले आफ्नो चुनावी एजेन्डा समेटिएको बाचा-पत्र सार्वजनिक गरेका छन्।

बाचा-पत्रमा स्वास्थ्य, शिक्षा, रोजगारी, आधुनिक कृषि उत्पादन, बजार व्यवस्थापन, दुर्घटनारहित सडक निर्माण, पर्यटन स्थल विकास तथा सिन्धुलीको पहिचानका रूपमा रहेको जुनार–सुन्तला उत्पादन प्रवद्र्धनलाई प्राथमिकताका रूपमा समेटिएको छ।

त्यस्तै, बाढी नियन्त्रण र नदी व्यवस्थापन, कृषि क्षेत्रमा किसानको सम्मान एवम उत्पादनको मूल्य निर्धारण गर्ने, पर्यटन क्षेत्रको इतिहास, पहिचान र रोजगारी सिर्जना गर्ने, उद्योग क्षेत्रको प्रवद्र्धन गर्दै युवाको भविष्य सिन्धुलीमै व्यवस्थापन गर्ने साथै उनले सुशासन नारामा नभइ डेलिभरीमा देखिनुपर्ने लगायतका मुद्दाहरु अगाडि सारेका छन्।

पूर्वाधार विकासमा विशेष जोड दिएका गजुरेलले सुनकोसी मरिण आयोजनाको समस्या समाधान गर्ने, बीपी राजमार्ग र मदन भण्डारी राजमार्गलाई मानवमैत्री, सुरक्षित र दिगो बनाउनेलगायतका लक्ष्य राखिएको छ।

सरकारी सेवाबाट राजीनामा दिएर सक्रिय राजनीतिमा प्रवेश गरेका गजुरेल पछिल्लो समय जनताको घर–घरमा पुगेर आफ्ना योजना र प्रतिबद्धता राख्दै आएका छन्।

गजुरेल मेहनती र इमानदार व्यक्तित्वका रूपमा परिचित छन्। जर्मनीबाट इन्जिनियरिङमा उच्च शिक्षा हासिल गरेका उहाँ नेपाल सरकारको यातायात विभागमा प्रमुख सिईओ पदसम्म कार्यरत थिए।

चोभार क्षेत्रको निर्माण कार्यसहित देशका विभिन्न सडक तथा पूर्वाधार आयोजनामा उल्लेखनीय योगदान पुर्याएका गजुरेलले नेपालमा सडक निर्माणमा आमूल परिवर्तन ल्याउने प्रतिबद्धता बाचा–पत्रमा उल्लेख उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.