लोकगायक ‘डोटेली कान्छा’ सम्मानित
काठमाडौं। लोकगायक सुरतबहादुर रावत ‘डोटेली कान्छा’ सम्मानित भएका छन्।
उनलाई ज्ञानोदय गुरुकुल माध्यामिक विद्यालय कृष्णपुर-२ कञ्चनपुरले आफ्नो वार्षिकोत्वसमा लोकसंगीतमा अतुलनीय योगदान पुर्याएको भन्दै सम्मानित गरेको हो।
डोटेली कान्छा तीन दशक लामो समयदेखि लोकसंगीतका क्षेत्रमा सक्रिय रहेका छन्। सुदूरपश्चिमको लोक संस्कृतिको संरक्षण, सम्बर्द्धनमा अनवरत रुपमा लागिरहेका डोटेली कान्छाका सुन्तली बोट, कठैमेरा डुम्राकोट, दाइको ब्या भयो भाइको लै ब्या भयो मेरो मात्र क्या भयो क्या भयो, ओ ओ मेरा बुव जस्ता दर्जन बढी चर्चित गीत बजारमा छन् ।
डोटेली कान्छाले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको पूर्वकेन्द्रीय सदस्य तथा पूर्वप्रदेश संयोजक भएर काम गरिसकेका छन्। नेपाल सांस्कृतिक संघका पूर्वकेन्द्रीय उपसभापति र हाम्रो संस्कृति हाम्रो पहिचान नेपालमा संस्थापक केन्द्रीय अध्यक्ष , सुदूरपश्चिमाञ्चल साहित्य समाजका पूर्वसचिव समेत रहेका गायक डोटेली कान्छा डेउडा प्रतिष्ठानका वर्तमान केन्द्रीय अध्यक्ष हुन्।
हाल उनी सामाजिक क्षेत्र तथा राजनीतिमा समेत निकै सक्रिय रहेका छन्। गायक डोटेली कान्छा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको प्रवक्ताको भूमिकामा समेत सक्रिय छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment