गौरमा पुनः निषेधाज्ञा जारी
चन्द्रपुर (रौतहट)। जिल्ला प्रशासन कार्यालयले गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी गरेको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार गौर नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयभित्र आज बिहान ८ः३० बजेदेखि पुनः निषेधाज्ञा जारी भएको हो ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आइतबार बिहान ८ः३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि पुनः निषेधाज्ञा जारी गरिएको जानकारी दिए। गौर–६ सवगढा गाउँमा शनिबार बिहान दुई समुदायबीच विवाद भएपछि शनिबार १ः०० बजेदेखि आज बिहान ६ः३० बजेसम्मका निषेधाज्ञा जारी गरिएको थियो । ६ः३० बजेदेखि ८:३० बजेम्म निषेधाज्ञालाई खुकुलो बनाइएको थियो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment