जनताको समृद्धिको सपना पूरा गर्नेगरि काम गर्ने छु : प्रेम आले

डिसी नेपाल
१० फागुन २०८२ १७:२२
8
Shares

धनगढी। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार प्रेमबहादुर आले मगरले जनताको समृद्धिको सपना पूरा गर्नेगरि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। जनताको घरदैलोका क्रममा आलेले कैलाली-५ मात्र नभएर सुदूरपश्चिमको समग्र विकासमा अहम भूमिका निर्वाह गर्ने बताएका हुन्।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक बजेट सुनिश्चित गरी निर्माण कार्य सुरु तथा समयमै सम्पन्न गर्न भूमिका निर्वाह गर्ने उनको भनाइ छ। ‘धनगढीलाई क्रिकेट हबका रुपमा विकास गर्दै युवालाई खेलकुद, अनुशासन र राष्ट्र निर्माणमा सक्रिय बनाउने छु। धनगढी विमानस्थलको धावनमार्ग २५०० मिटरमा विस्तार गरी ठूला जहाज अवतरण योग्य बनाउन पहल गर्ने छु,’ उनले भने।

सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ सेवासँग प्रत्यक्ष जोड्ने दीर्घकालीन योजना कार्यान्वयन गर्ने आलेको भनाइ छ। उनले विमानस्थल विस्तारका लागि पूर्व व्यवस्थापन गरिएको बजेट पुन: सुनिश्चित गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताए।

शहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गत ६०० शैय्याको अस्पताल शीघ्र सञ्चालनमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने आलेले बताए। ‘सेती प्रादेशिक अस्पताललाई संघीय सरकार मातहत सञ्चालन गरी विशिष्टकृत सेवा विस्तार गर्ने, सिकलसेल बिरामीका लागि छुट्टै वार्ड स्थापना गरी उपचार तथा अनुसन्धान व्यवस्थित गर्ने मेरो रणनीति रहेको छ,’ उनले भने।

धनगढी-खुटिया-दिपायल-बझाङ-चैनपुर हुँदै उरै जोड्ने छोटो दूरीको सडक छिटो सम्पन्न गर्न पहल गर्ने उनले बताए। उक्त सडकमार्फत सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि तीव्र बनाउन सहयोग पुग्ने आलेले विश्वास व्यक्त गरेका छन्।

धार्मिक तथा पर्यटन क्षेत्रको विकासका लागि पूर्वधार सुदृढ गर्ने उनले उनको भनाइ छ। औद्योगिक विकासलाई गति दिन रणनीतिक सडक सञ्जाल विस्तार गर्ने उको प्रतिवद्धता छ। विगतदेखि प्ररम्भ गरिएका पूर्वाधार योजनाहरूलाई आगामी कार्यकालमा पूर्णता दिने उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *