कांग्रेसले भन्यो- निष्पक्ष रूपमा निर्वाचन सम्पन्न हुने वातावरण सुनिश्चित हुनुपर्छ

डिसी नेपाल
१० फागुन २०८२ १७:५७
20
Shares

काठमाडौं। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन हुन नदिने तत्त्व सक्रिय रहेको बताएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले शासनको वैधता जनताको मत भएको बताए। ती तत्त्वहरूको रणनीति असफल बनाउँदै ससमयमै निर्वाचन गराउन सरकार दृढ हुनुपर्ने कांग्रेसको भनाइ छ।

उनले भने, ‘निर्वाचन समयमा हुन नदिन विभिन्न तत्त्वहरू लागिरहेका छन्। सरकार दृढ भएर समयमै निर्वाचन सम्पन्न गर्नुपर्छ, लोकतान्त्रिक शासन व्यवस्थामा शासनको वैधताको स्रोत जनताको मत हो। लोकतान्त्रिक पार्टीले जन सर्वोच्चतालाई स्वीकार्नुपर्छ। हामीले स्वीकारेका छौँ।’

यसैगरी कांग्रेसले आगामी निर्वाचन निष्पक्ष रूपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। निर्वाचन निष्पक्षताका साथ भयरहित वातावरणमा मतदान गर्न पाउने जनताको नैसर्गिक अधिकार भएको कांग्रेसले जनाएको छ।

उनले भने, ‘निष्पक्षतासाथ भयरहित, शान्तिपूर्ण र जनताले स्वतन्त्र रूपमा मतदान गर्न पाउने जनताको नैसर्गिक अधिकार हो, हामीले बारम्बार भनेका छौँ कि शासनको वैधताको स्रोत जनताको मताधिकार हो। यसमा दायाबाँया गर्ने छुट सरकारलाई छैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.