यस पटक म होइन, बालकोट उठेको हो, इज्जत राख्नुपर्छ : कविर राणा
काठमाडौं। नेपाली कांग्रेस भक्तपुर–२ का उम्मेदवार कविर राणाले आसन्न निर्वाचनलाई बालकोटको प्रतिष्ठासँग जोड्दै मतदातासँग समर्थनको अपिल गरेका छन्।
चुनावी सभालाई सम्बोधन गर्दै राणाले आफू व्यक्तिगत रूपमा मात्र नभई समग्र बालकोट क्षेत्रको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिएको बताए। ‘यस पटक म उठेको होइन, बालकोट उठेको हो। त्यसैले बालकोटले यस पटक इज्जत राख्नुपर्छ,’ उनले भने।
उनले इतिहास बोकेको र लोकतन्त्रका लागि संघर्ष गरेको बालकोटको उम्मेदवार पराजित भए त्यसको असर व्यापक रूपमा पर्ने दाबी गरे। ‘यतिबेला टिकट पाउँदा पनि इतिहास बोकेको बालकोट, लोकतन्त्रका लागि लडेको बालकोटको उम्मेदवार पराजित भयो भने बालकोटीबासी होइन, भक्तपुरबासीले नै बालकोटबासीलाई सराप्छन्,’ उनले भने, ‘त्यसैले यहाँ भोट माग्ने अधिकार मलाई छ।’
राणाले आफू लोकतन्त्र स्थापनाका लागि जेल गएको स्मरण गर्दै विगतका संघर्षका दिनहरू पनि सुनाए। ‘म लोकतन्त्र ल्याउन जेल गएँ। पानी लिन जाँदासमेत ‘कैदी आयो’ भनेर हेला गरेको अझै याद छ,’ उनले भने।
उनले विभिन्न राजनीतिक दलमा आबद्ध बालकोटवासीलाई समेत यस पटक आफूलाई समर्थन गर्न आग्रह गरे। ‘गर्वका साथ अरु पार्टीमा लाग्नेहरूले पनि यस पटक बालकोटबासी उम्मेदवार कविर राणालाई भोट हाल्नुपर्छ भनेर घरघरमा गएर भन्नुपर्छ,’उनले आह्वान गर्दै भने।







डिसी नेपाल







Facebook Comment