उद्योग वाणिज्य महासंघमा चुनाव लाग्यो, उम्मेदवारी घोषणाको क्रम सुरु

डिसी नेपाल
११ फागुन २०८२ १९:१९
100
Shares

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आगामी नयाँ कार्यसमितिका लागि उम्मेद्वारी घोषणा गर्नेक्रम सुरु भएको छ।

महासंघको ६०औं वार्षिक साधारणसभाबाट चयन हुने नयाँ कार्यसमितिका लागि वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालको प्यानलबाट उम्मेदवारी घोषणा सुरु भएको हो।

सोमबार राजधानीमा आयोजित समारोहमा ज्योत्सना श्रेष्ठ(उपाध्यक्ष एसोसिएट), उमेश डालमिया (उपाध्यक्ष जिल्ला नगर), कल्पना गैरे (उपाध्यक्ष जिल्ला नगर), नरेश लाल श्रेष्ठ (उपाध्यक्ष वस्तुगत), कमला श्रेष्ठ (प्रस्तावित महिला उपाध्यक्ष)मा उम्मेदवारी घोषणा गरेका छन्।

यसअघि नेपाल न्यूज बैंकसँगको विशेष अन्तरवार्तामा ढकालले वरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने संकेत गरेका थिए।

महासंघको आगामी चैत २८ र २९ मा हुने वार्षिक साधारण सभासँगै नयाँ कार्यसमिति चयन हुनेछ। नयाँ कार्यसमितिमा हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ विधानतः स्वत अध्यक्ष हुनेछन भने अन्य पदमा चुनावी प्रतिस्पर्धा हुने भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *