पत्रकारलाई ‘निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता’सम्बन्धी अभिमुखीकरण
अर्घाखाँची। यहाँको भालुवाङमा आज पत्रकारहरूका लागि लुम्बिनी प्रदेशस्तरीय ‘निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता’ विषयक एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको छ।
नेपाल पत्रकार महासङ्घको आयोजनामा सम्पन्न कार्यक्रममा महासङ्घका केन्द्रीय उपाध्यक्ष उमिद बागचन्दले विशेषगरी अनलाइन मिडियाबाट प्रकाशन–प्रसारण भइरहेका सामग्रीले महासङ्घको ध्यानाकर्षण गराइरहेको बताए।
आफैँले आफैँलाई स्वनियमन र व्यवस्थित गर्न सकेमात्र पत्रकारिता जिम्मेवार हुनसक्ने उनको भनाइ थियो। हरेक मतदाताले आफ्नो मताधिकार विवेकपूर्ण तरिकाले प्रयोग गर्न सकोस् भन्ने वातावरण निर्माणका लागि पत्रकारले भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।
नेपाल पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले नियमित दायित्वको अंशअन्तर्गत ‘निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता’का विषयमा अभिमुखीकरण गरिएको बताए।
अभिमुखीकरण कार्यक्रमको सहजीकरण महासङ्घका उपाध्यक्ष बागचन्द र निवर्तमान अध्यक्ष पोख्रेलले गरेका थिए।







डिसी नेपाल







Facebook Comment