प्रधान सेनापति अशोकराज सिग्देलद्वारा पूर्वी पृतनाको निरीक्षण
धरान (सुनसरी) । प्रधान सेनापति महारथी अशोकराज सिग्देलले आज पूर्वी पृतना हेडक्वाटर, इटहरीको निरीक्षण गरेका छन्।
निरीक्षणको क्रममा उनले कोशी प्रदेश निर्वाचन कमाण्ड पोष्टका पदाधिकारीसँग आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विविध विषयमा छलफल तथा अन्तक्र्रिया गर्नुभएको पूर्वी पृतना हेडक्वाटरले जानकारी दिएको छ।
प्रधान सेनापति सिग्देलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन उच्च सतर्कता एवं प्रभावकारी सुरक्षा व्यवस्था सुनिश्चित गर्न निर्देशन दिएका थिए।
पूर्वी पृतनाका पृतनापति गौरवकुमार केसीले आगामी निर्वाचनको तयारी, सुरक्षा अवस्था, संवेदनशील क्षेत्र, जनशक्ति र स्रोतसाधन परिचालनसम्बन्धी योजनाबो प्रधान सेनापतिलाई जानकारी गराएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment