काभ्रेमा एमालेको घरदैलो : कोशीपारिका लागि अमित लामाको समृद्धिको मार्गचित्र

डिसी नेपाल
१३ फागुन २०८२ १४:३२
16
Shares

काठमाडौं। काभ्रे क्षेत्र नं. १ को कोशीपारि क्षेत्रमा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले घरदैलो अभियान तीव्र बनाएको छ।

पार्टीका केन्द्रीय सदस्य तथा उम्मेदवार अमित लामा गाउँगाउँ पुगेर मतदातासँग भेटघाट गर्दै विकास, रोजगारी, पूर्वाधार विस्तार र कृषि आधुनिकीकरणका विषयमा छलफल गरिरहेका छन्।

लामाले कोशीपारीको समृद्धिका लागि दीर्घकालीन योजना आवश्यक रहेको भन्दै सुनकोशी तेस्रो जलविद्युत आयोजना अघि बढाउन पहल गर्ने बताएका छन्। उनका अनुसार आयोजना सुरु भए स्थानीय रोजगारी, व्यापारिक गतिविधि र राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ। साथै जल–पर्यटन, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, खानेपानी–सिँचाइ सुधार र सडक स्तरोन्नति प्राथमिकतामा राखिने उनले बताएका छन्।

विगतमा अपेक्षित विकास हुन नसकेको उल्लेख गर्दै लामाले आधारभूत सेवा विस्तार र समृद्ध कोशीपारी निर्माणका लागि यसपटक एमालेलाई अवसर दिन मतदातासँग आग्रह गरेका छन्। आगामी पाँच वर्षभित्र क्षेत्रलाई नमुना विकासको मार्गमा अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *