रवि लामिछानेले गरे जनकपुरधामको जानकी मन्दिरमा दर्शन एवं पूजापाठ

डिसी नेपाल
१३ फागुन २०८२ १५:२४

जनकपुर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन एवम पूजापाठ गरेका छन्।

बुधबार दिउसो जनकपुरधाम आइपुगेका लामिछानेले धनुषाका विभिन्न क्षेत्रका उम्मेदवारहरूसँगै पूजापाठ गरेका हुन्।

पूजापाठ सम्पन्न गरेर उनले जानकी चोकमा सम्बोधन गर्दै रास्वपाले अघिल्लो चुनावमा सुशासनको कुरा गरे पनि विभेदको कुरा गर्न चुकेको बताए।

उनले यसपटक विभेदको अन्त्यसंगै सुशासनको स्थापनका लागि प्रतिबद्ध रहेको बताए। लामिछानेले आफ्ना उम्मेदवारहरूलाई जिताएर पठाउने जिम्मा जनताको र इमान्दारीपूर्वक काम गर्ने जिम्मा आफूहरुको भएको बताए।

लामिछानेले जनकपुरधामको विघौविघा जग्गा गैरकानुनी रुपमा विक्री भएको प्रति रास्वपालाई जानकारी भएको बताए। उनले मन्दिरको ती जग्गा किनबेच गर्नेलाई रास्वपाको सरकारले तह लगाउने र कानुनको दायरामा ल्याउने जानकारी दिए। रवि लामिछाने आजै महोत्तरीलगायत मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.