उनेपाका उम्मेदवार न्यौपानेले गरे चुनावी एजेण्डाहरु सार्वजनिक

डिसी नेपाल
१३ फागुन २०८२ १६:११
8
Shares

काठमाडौं। उज्यालो नेपाल पार्टीका नेता तथा काठमाडौं क्षेत्र नं. १० का प्रतिनिधी सभा सदस्य उम्मेदवार डा.राकेश न्यौपानेले ‘उज्यालो नेपाल ः सम्भावनाबाट समृद्धितर्फ’ अभियानअन्तर्गत दीर्घकालीन, नीतिगत तथा जनमुखी विकासका योजना सार्वजनिक गरेका छन्।

बुधबार पत्रकार सम्मेलन गर्दै उनले ‘उज्यालो नेपाल ः सम्भावनाबाट समृद्धितर्फ’ शिर्षकअन्र्तगत आफ्नो मूख्य एजेण्डाहरु सार्वजनिक गरेका हुन्।

उनले काठमाडौं–१० लाई सूचना प्रविधि क्षेत्रको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित आईटि हब स्थापना, बिपीओ, केपीओ, आर्टिफिसियल इन्टेलिजेन्स, डाटा सेन्टर र फिनटेक उद्यमलाई राष्ट्रिय उद्योगको रूपमा प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाए। स्टार्टअप प्रवद्र्धन, सहुलियत ऋण, बजार पहुँच र प्राविधिक सहयोगमार्फत डिजिटल रोजगारी सिर्जना गर्ने योजना पनि उनले अघि सारे।

स्वास्थ्य क्षेत्र सुधारका लागि उनले ‘मेडिकल सिटी’ अवधारणा प्रस्तुत गर्दै प्रत्येक नागरिकलाई स्वास्थ्य बीमा, क्षेत्रीय स्तरमा गुणस्तरीय अस्पताल तथा टेलिमेडिसिन सेवा विस्तार गर्ने योजना सार्वजनिक गरे। स्वास्थ्य पर्यटन प्रवद्र्धनमार्फत विदेशी बिरामी नेपाल ल्याउने र नेपालीलाई विदेश जानु नपर्ने अवस्था सिर्जना गर्ने लक्ष्य उनले राखेका छन्।

धार्मिक तथा सांस्कृतिक संरक्षणतर्फ उनले दक्षिणकाली क्षेत्रलाई धार्मिक, सांस्कृतिक तथा पर्यटन केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारेका छन्। धार्मिक यात्रु सुविधा, सुरक्षा र पहुँच विस्तारका कार्यक्रम स्थानीय समुदायसँग सहकार्यमा सञ्चालन गरिने उनले बताए।

त्यस्तै पर्यटन सर्किट विकास, पुरातात्विक सम्पदा संरक्षण, पूर्वाधार विस्तार, स्मार्ट विद्यालय, औद्योगिक क्लस्टर तथा नवप्रवर्तन केन्द्र स्थापना गरेर स्थानीय रोजगारी र आर्थिक गतिविधि बढाउने उनको प्रतिबद्धता छ।

न्यौपानेले आफ्नो अभियान केवल राजनीतिक घोषणा नभई दीर्घकालीन विकासको रोडम्याप भएको दाबी गर्दै नागरिक केन्द्रित शासन, कार्यान्वयन र जवाफदेहितामा जोड दिएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.