एमाले-१ का उम्मेदवार काजीमान कागतेले सार्वजनिक गरे प्रतिबद्धता पत्र
काठमाडौं । नेकपा एमाले क्षेत्र नम्बर १ इलामका उम्मेदवार काजीमान कागतेले आफ्नो प्रतिबद्धता पत्र सार्जवनिक गरेका छन्।
उनले आफूले समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न आफू प्रतिबद्ध रहने भएका छन्। सहज र सरल ढंगले सेवा प्रवाह गर्ने जनउत्तरदायी प्रशासन सेवा विस्तार गर्नु सुशासनको पहिलो सर्त रहेको उनले बताए।
‘सेवा प्रवाह र सुशासनका लागि सूचना प्रविधिलाई अत्याधिक उपयोग गरिने, एमाले नेतृत्वको सरकारले सुरु गरेको नागरिक एप सुशासनका लागि सूचना प्रविधिलाई उपयोग गरिएको एउटा महत्त्वपूर्ण उदाहरण हो,’ उनले भने।
उनले सूचना र प्रविधिको विकासमा पनि आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन्। आधारभूत दूरसञ्चार सेवा र डिजिटल कनेक्टिभिटी पुग्न नसकेका क्षेत्रमा त्यसको सुनिश्चितता गरिने बताए।
यस्तै कागतेले प्राकृतिक प्रकोपको विपत्ति नियन्त्रणका लागि पनि आफूले काम गर्ने बताएका छन्। ‘वातावरण संरक्षणका लागि, इलामको राष्ट्रिय पहिचानको अन्तर्राष्ट्रियकरणका लागि, पूर्वाधार निर्माण, कृषि क्षेत्रको विकास र कृषिजन्य उत्पादनको बजारिकरणका लागि काम गर्ने छु,’ उनले भने।
भूमि र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने, स्वच्छ खानेपानीको विस्तार गर्ने, संस्कृति सम्बर्द्धन गर्ने, गुणस्तरीय शिक्षाका लागि रणनीतिक रुपमा काम गर्ने उनका योजना छन्। उनले आफ्नो निर्वाचन क्षेत्रको फिक्कल अस्पतालको सेवा विस्तार गरी प्रसुति तथा स्त्रीरोग अस्पतालका रुपमा विकास गरिनेसमेत बताएका छन्।

No ads found for this position



डिसी नेपाल
Facebook Comment