कर्णालीमा कांग्रेसले चुनावी सभा गर्दै, सम्बोधन गर्न सभापति थापा सुर्खेत आउने

डिसी नेपाल
१३ फागुन २०८२ १७:०१
48
Shares

सुर्खेत। नेपाली कांग्रेसले सुर्खेतमा प्रदेशस्तरीय आमसभा गर्ने भएको छ। प्रतिज्ञा पत्र सार्वजनिकपछि कांग्रेसको यो दोस्रो प्रदेशस्तरीय आमसभा हो।
बिहीबार सुर्खेतको घण्टाघर डबलीमा हुने आमसभालाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापतिद्धय विश्वप्रकाश शर्मा र पुष्पा भुसालले सम्बोधन गर्ने नेपाली कांग्रेस कर्णाली प्रदेशका महामन्त्री निरन्जन केसीले जानकारी दिए।

आमसभाका लागि कर्णालीका सल्यान, रुकुमपश्चिम, जाजरकोट, दैलेख र कालिकोट जिल्लाबाट समर्थकहरुलाई सुर्खेत आउन कांग्रेसले आव्हन गरेको छ।

सुर्खेतमा हुने आमसभाले कर्णालीमा कांग्रेसको पक्षमा माहोल बनाउन मदत पुग्ने कांग्रेसको बुझाई छ। आमसभाको प्रचार प्रसार व्यापक गरिएको र ठूलो संख्यामा मानिसहरु सभामा सहभागि हुने महामन्त्री केसीले बताए। आमसभाका लागि उपसभापतिद्धय शर्मा र भुसाल काठमाडौबाट र सभापति थापा सर्लाहीबाट सुर्खेत आउने कार्यक्रम छ।

सुर्खेत नेपाली कांग्रेसका निवर्तमान कार्यवहाक सभापति पूर्णबहादुर खड्काको गृह जिल्ला हो। खड्काले चुनाव लड्दै आएको सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकमा बिष्णुबहादुर खड्का उम्मेदवार बनेका छन्। आफ्नै भाइ चुनाव लडेका भए पनि खड्का चुनाव प्रचारमा सुर्खेत आएका छैनन्। विशेष महाधिवेशनबाट थापा सभापति बनेपछि त्यसविरुद्ध निर्वाचन आयोग र अदालत गएका खड्कालाई चुनाव प्रचारमा आउन नसकेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.