बागलुङ–२ : कांग्रेसका उम्मेदवार पौडेललाई प्रलोपाका उम्मेदवारको साथ
गलकोट (बागलुङ)। बागलुङ क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सघाउने भएको छ।
आज ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा आयोजित कार्यक्रममा प्रलोपा)का उम्मेदवार पदमबहादुर कुँवरले नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई समर्थन गरेको बताए। आज कांग्रेसका उम्मेदवार पौडेलको घोषणापत्र सार्वजनिक कार्यक्रममा कुँवरले पौडेललाई सघाउने घोषणा गरे।
माओवादी केन्द्र नेकपा भएपछि कुँवर प्रलोपातर्फ लागेका थिए। आफू उम्मेदवार बन्दा राम्रो उम्मेदवारको मत काटिएर पराजित हुनुपर्ने अवस्था आउनसक्ने भन्दै पौडेललाई सघाउने निर्णय गरेको कुँवरको भनाइ छ। उनको समर्थनसँगै प्रलोपाका नेता कार्यकर्ता भने अन्योलमा देखिएका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment