विश्वविद्यालय सञ्चालनबारे छलफल

डिसी नेपाल
१३ फागुन २०८२ २०:४०
12
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन पश्चात सुदूरपश्चिमका जनताले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्।

मुख्यमन्त्री शाह र सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीबीच आज यहाँ विश्वविद्यालय सञ्चालनका सम्बन्धमा भएको छलफलमा उनले सुदूरपश्चिमका जनतामाझ गुणस्तरीय स्वास्थ्य सेवा पहुँच पु-याउन सो विश्वविद्यालय छिटो सञ्चालन गर्नुपर्नेमा जोड दिए।

विश्वविद्यालय सञ्चालनका लागि सहयोग गर्न प्रदेश सरकार तयार रहेको उनको भनाइ थियो। विश्वविद्यालयको पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन तथा शैक्षिक कार्यक्रम विस्तारबारे छलफल भएको थियो।

छलफलमा विश्वविद्यालयका उपकुलपति प्राडा सुनिलकुमार जोशी, रजिस्ट्रार प्राडा खेमराज जोशी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याललगायतको सहभागिता थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.