सुझबुझका साथ देश चलाउन कांग्रेस तयार छ : गगन थापा

डिसी नेपाल
१७ फागुन २०८२ १५:४९
8
Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकलाई स्थिरता, संयम र जिम्मेवारीपूर्ण नेतृत्व आवश्यक रहेको बताएका छन्।

नेपाली कांग्रेसको विशेष चुनावी आमसभालाई सम्बोधन गर्दै थापाले आगामी पाँच वर्ष सुझबुझका साथ देश सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, ‘कांग्रेसले यो पाँच वर्ष अब सुझबुझका साथ देश चलाउँछ। कांग्रेसले यो पाँच वर्षमा अर्को भाद्र २३ गते निम्तिन दिँदैन। कुनैपनि जनताले गोली खाएर मर्न बाध्य अवस्था गराउन दिने छैनौं।’

उनले मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो अवस्थामा घृणा र उत्तेजनाको भाषाले समस्या समाधान नहुने धारणा राखे। ‘यति ठूलो अप्ठ्यारोमा परेको यो देशलाई सम्हाल्नका निम्ति केवल घृणाको भाषाले हुँदैन, उत्तेजनाको भाषाले हुँदैन,’ उनले भने।

थापाले नेपाली राजनीति विकृतितर्फ उन्मुख भएको टिप्पणी गर्दै चुनावमा को जित्छ वा हार्छ भन्नेभन्दा देशको भविष्य र राजनीतिक संस्कार महत्वपूर्ण हुने बताए। ‘नेपाली राजनीति एउटा ठूलो विकृति बनेको छ। को जित्छ, के हार्छ चुनावमा त्यो महत्वपूर्ण कुरा होइन,’ उनले स्पष्ट पार्दै भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *