रुपन्देही २ मा राप्रपाले कांग्रेसलाई समर्थन गर्ने
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसलाई समर्थन गर्ने भएको छ।
आइतबार एक विज्ञप्ति जारी गर्दै राप्रपाले कांग्रेसका उम्मेदवार समाजसेवी एवं उद्योगी चुन्नप्रसाद शर्मा (पौडेल) लाई समर्थन गर्ने निर्णय भएको बताएको हो।
आफ्नो सिद्वान्त र बिचार फरक भएपनि देशको आर्थिक, सामाजिक तथा समृद्धिको क्षेत्रमा कांग्रेससँग ऐजेण्डा नजिक रहेका रुपन्देही क्षेत्र नं २ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले जानकारी दिए।
‘अहिले पनि यस निर्वाचनमा हाम्रा सिद्वान्त र बैचारिक भिन्नता भएपनि देशको आर्थिक, सामाजिक तथा समृद्विको क्षेत्रमा नकांग्रेससंग एजेण्डा नजिक रहेको हुनाले वर्तमान समयमा राप्रपा रुपन्देही क्षेत्र २ को संगठनलाई एकत्रित गरी राख्न र मुद्दामा वहस र छलफलको सन्दर्भलाई समेत ध्यानमा राखेर राजनीतिक सहमतिको निरन्तरता समेत रहने गरी यस क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवार समाजसेवी एंवम उद्योगी चुन्नप्रसाद शर्मा (पौडेल) लाई समर्थन गर्ने निर्णय भएको पार्टी पंक्ती र आम जनसमुदायमा जानकारी गराउँदछौं,’ विज्ञप्तिमा उल्लेख छ।
राप्रपा देश र जनताप्रति सधैँ उत्तरदायी भूमिकामा रहिआएको उल्लेख गर्दै राप्रपाले विवेकपूर्ण तवरले निर्णय लिएर देश र जनताको स्वाभिमानलाई उच्च बनाई राखेका विज्ञप्तिमा उल्लेख छ।







डिसी नेपाल







Facebook Comment