सामाजिक संजालमा बहशको विषय बन्यो यो दुर्लभ माछा
काठमाडौं। नर्वेका एक जना १९ वर्षीय किशोरले विचित्रको माछा फेला पारेका छन्। यो माछा हेर्दा यस्तो विचित्रको छ की जसले हेरेपनि डराउँछन्। यतिबेला यो दुर्लभ माछाका तस्वीर यतिबेला सामाजिक संजालमा भाइरल भइरहेको छ।

१९ वर्षीय अस्कर माछा समाउन समुद्रमा पसेका थिए। नर्डिक सी एङलिङ कम्पनीका लागि गाइडको काम गर्ने अस्कारको नजर यो दुर्लभ माछामा पर्यो। यो दुर्लभ माछाको लामो पुच्छर र ठूला ठूला आँखाले सबैलाई डराउँछ। अस्कर ब्लू ह्यालिबट माछाको खोजीमा समुद्रमा पसेका थिए। त्यसपछि उनले यो दुर्लभ माछा देखेका हुन्।

मिडिया रिपोर्टका अनुसार माछाको यो दुलर्भ प्रजाति क्याटफिसको परिवारसँग सम्बन्धित हो। यो प्रजातिको माछा गहिरो पानीमा बस्न मन पराउँछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment