इरानले गरेको हमलामा परी युएईमा एक नेपालीको मृत्यु
काठमाडौं । इरानले गरेको हमलामा परी युएईमा एक नेपाली नागरिकको निधन भएको छ।
इरानले गरेको मिसाइल आक्रमणबाट तीन जनाको मृत्यु भएकोमा एक जना नेपाली नागरिक रहेको युएईको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत जनाएको छ।
अन्य ज्यान गुमाउनेमा एक जना बंगलादेशी र अर्का पाकिस्तानी नागरिक रहेका छन्। तर, तीनै जना मृतकको पहिचान भने खुल्न सकेको छैन।
अन्य ५८ जना सामान्य घाइते रहेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ। घाइते हुनेहरूमा भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमन, युगाण्डा, इमिरात, इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, लेबनान, अफगानिस्तानलगायतका नागरिकहरू छन्।
युएईमा नेपाली नागरिकको मृत्यु भएको विषयमा आफूहरूले पनि संचारमाध्यमबाट जानकारी थाहा पाएको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ।
साथै इरानी ड्रोनहरूमध्ये ५०६ वटा खसालेको र ३५ वटा भने देशमा विभिन्न ठाउँमा खसेर क्षति भएको जनाइएको छ।
The Ministry of Defence has announced that the UAE air force and air defence forces have so far dealt with 165 ballistic missiles, two cruise missiles and 541 Iranian drones since the start of the Iranian attack.
The ministry said that on the morning of the second day of the… pic.twitter.com/rj8e5iXrQ5
— وزارة الدفاع |MOD UAE (@modgovae) March 1, 2026







डिसी नेपाल







Facebook Comment