फस्र्ट लुकमा यस्तो देखियो ‘माया पिरिम’, चलचित्र मंसिर २० मा रिलिज हुने

डिसी नेपाल
३ असोज २०७६ ९:५२

काठमाडौँ। आउँदो मंसिर २० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘माया पिरिम’को फस्र्ट लुक पोस्टर सार्बजनिक गरिएको छ। माया प्रेमको कथामा यो चलचित्र निर्माण भएको छ।

सार्वजनिक पोष्टरले पनि त्यो बोल्छ। टेक पौरखी राईको निर्देशनमा बनेको चलचित्रमा कोशिश क्षेत्री, सलोन बस्नेत, किरण चन्द, अन्जली अधिकारी, अर्जुन गुरुङ, कालु राना, जयनन्द लामा, अरुणा कार्की, अनुपमा भण्डारी, विशाल पहाडी, टेक पौरखी राई, सागर बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्रको कथा सबिन अधिकारीले लेखेका हुन्। प्रविन थापा र सबिन अधिकारीको निर्माणमा बनेको चलचित्रमा सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्मातामा रहेका छन्। त्यस्तै मोहन मरासैनी र युवराज दाहाल चलचित्रको सह–निर्मातामा हुन्।

चलचित्रमा श्री श्रेष्ठको द्वन्द, कोशिश क्षेत्रीको संगीत, शिशिर खातीको कोरियोग्राफी रहेको छ।

निरज कंडेलले छायांकन गरेको चलचित्रमा सम्पादनको जिम्मा जीवन थापाले लिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *