वसन्तपुर दरबार क्षेत्रमा होलीको रौनक, विदेशी पर्यटकहरू पनि रमाए (तस्बिरहरू)

डिसी नेपाल
१८ फागुन २०८२ १६:०९
60
Shares

काठमाडौं। विगत वर्षझैँ यस वर्ष पनि वसन्तपुर दरबार क्षेत्रमा होलीको हर्षोल्लास छाएको छ। बिहानैदेखि बसन्तपुरमा युवायुवती तथा पर्यटकहरूको उल्लेख्य भीड देखिएको छ।

विशेषगरी युवायुवतीहरू समूह–समूहमा भेला भएर रंग खेल्दै, नाचगान गर्दै र संगीतमा रमाउँदै होलीको उत्सव मनाइरहेका छन्। हातमा अबिर र पानीका रंग लिएर उनीहरूले एक–अर्कालाई रंग्याउँदै वसन्तपुर क्षेत्रलाई उत्सवमय बनाएका छन्।

नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरू पनि होलीको माहोलमा निकै उत्साहित देखिएका छन्। उनीहरू स्थानीयसँगै रंग खेल्दै, तस्बिर खिच्दै र नेपाली संस्कृतिको अनुभव लिँदै उत्सवमा सहभागी बनेका छन्।

भिडभाड, संगीत, हाँसो र रंगको मिश्रणले वसन्तपुर आज पूरै उत्सवमय बनेको छ। ऐतिहासिक सम्पदा क्षेत्र रंगीन बनेसँगै राजधानीको होली उत्सवको मुख्य आकर्षणका रूपमा वसन्तपुर फेरि एकपटक केन्द्रमा देखिएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनको मुखमा पनि नेपालीहरु होलीमा रमाएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *