तराईमा घरघरमा होली, बाहिर चहलपहल कम (तस्बिर)
विराटनगर। पूर्वी तराई क्षेत्रमा आज होली पर्व उत्साहका साथ मनाइँदैछ। तर यस वर्ष निर्वाचन नजिकिएकाले विगतजस्तो बाहिरको होहल्ला, भिडभाड र सार्वजनिक जमघट भने देखिएको छैन।
सुनसरी र मोरङका विभिन्न स्थानमा स्थानीयवासी घरघरमै सीमित भई परिवार तथा आफन्तसँग सद्भाव साटासाट गर्दै होली मनाइरहेका छन्। विशेषगरी सुनसरी जिल्ला र मोरङ जिल्लाका सहरी तथा ग्रामीण बस्तीमा युवायुवतीको समूहगत र्याली, डिजे र सार्वजनिक कार्यक्रमको चहलपहल यस पटक छैन । बरु उनीहरू घरमै नाचगान गरिरहेका भेटिए।
निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै प्रशासनले पनि भिडभाड नगर्न आह्वान गरेपछि उत्सव घरभित्रै सीमित बनेको हो। बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकसमेतले अबिर दल्दै, मिठाइ साट्दै र आपसी शुभकामना आदानप्रदान गर्दै पर्व मनाइरहेका छन्।
नेपाल न्यूज बैंकले कोसी प्रदेशका विभिन्न स्थानमा कैद गरेका तस्बिर तथा भिडियो फुटेजमा पनि संयमित तर उल्लासपूर्ण होलीको झल्को देखिन्छ। सडक र चोकहरूमा विगतको जस्तो भीड नदेखिए पनि घर आँगनमा भने रङ र हाँसोको कमी छैन।


























डिसी नेपाल







Facebook Comment