प्रतिनिधिसभा निर्वाचन

रास्वपाका १०२ उम्मेदवार विजयी, २३ निर्वाचन क्षेत्रमा अग्रता

समानुपातिकमा रास्वपाको ११ लाख ९५ हजार ५९०

डिसी नेपाल
२४ फागुन २०८२ ९:२९
148
Shares

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १०२ क्षेत्रमा विजयी भएकोे छ। रास्वपाका उम्मेदवारले २३ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन्।

निर्वाचन आयोगका अनुसार हालसम्म १३३ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १५ क्षेत्रमा जित हासिल गरेको छ भने १ स्थानमा अगाडि रहेको छ। नेकपा (एमाले)ले सात स्थानमा विजयी हुँदा तीन स्थानमा अगाडि रहेको छ ।

आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म चार उम्मेदवार विजयी भएका छन् भने २ स्थानमा अग्रता लिएका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक-एक स्थानमा विजयी भएका छन्। श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार अग्रस्थानमा छन्।

प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म २३ लाख ५६ हजार २१० मतगणना सम्पन्न भएको छ। आयोगका अनुसार रास्वपाले ११ लाख ९५ हजार ५९०, नेपाली कांग्रेसले चार लाख ६४०, नेकपा (एमाले) तीन लाख २० हजार ६८५ र नेपाली कम्युनिष्ट पार्टीले एक लाख ५२ हजार ९५३ मत प्राप्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *