तनहुँमा छ हजार मत बदर

डिसी नेपाल
२४ फागुन २०८२ १९:४८
72
Shares

दमौली (तनहुँ)। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा छ हजारभन्दा बढी मत बदर भएको छ। तनहुँका दुवै निर्वाचन क्षेत्रमा गरी छ हजार २५२ मत बदर भएको हो।

जिल्ला निर्वाचन कार्यालय तनहुँले सबै वडामा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि मत बदर हुने क्रम नरोकिएको जनाएको छ।

तनहुँ क्षेत्र नम्बर १ मा दुई हजार ७३० र क्षेत्र नम्बर २ मा तीन हजार ५२२ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए।

क्षेत्र नम्बर १ अन्तर्गत एक लाख २६ हजार ८८२ मतदाता रहेकामा ६८ हजार १४९ मत खसेको थियो। त्यसमध्ये ६५ हजार ४१९ मत सदर भएको छ।

क्षेत्र नम्बर २ अन्तर्गत ६६ हजार १०० मत खसेकामा ६२ हजार ५७९ मत सदर भएको छ।

मतपत्रमा एकभन्दा बढी चिह्न लगाउने, गलत स्थानमा छाप लगाउने तथा खाली मतपत्र हाल्ने जस्ता कारणले मत बदर भएको लम्सालको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *