गोरखा-२ मा रास्वपाका कविन्द्र बुर्लाकोटी विजयी

डिसी नेपाल
२५ फागुन २०८२ ७:३२
92
Shares

गोरखा। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गोरखा क्षेत्र नं २ मा रास्वपाका कविन्द्र बुर्लाकोटी विजयी भएका छन्।

बुर्लाकोटीले २६ हजार ६६० मत प्राप्त गर्दा कांग्रेसका प्रकाशचन्द्र दवाडी ११ हजार ७०० मा रोकिए। दुईजनाको मतान्तर १४ हजार ९६० छ।

नेकपाका लेखनाथ न्यौपाने ११ हजर ७३ मतसहित तेस्रो भए भने एमालेका मिलन गुरुङ (चक्रे मिलन) ३ हजार ८७ भोटसहित चौथो स्थानमा रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *