ससुरा सांसद ज्वाइँ पराजित, ज्वाइँ सांसद ससुरा पराजित

डिसी नेपाल
२५ फागुन २०८२ ११:३८
10.8k
Shares

काठमाडौं । नेपाली राजनीतिमा ज्वाइँ ससुराका दुई जोडीको रोचक संयोग परेको छ । एकजोडी ज्वाइँ ससुरामध्ये ज्वाइँ प्रत्यक्षतर्फ चुनाब जितेर सांसद बनेका छन् भने ससुरा पराजित भएका छन् । अर्को जोडीमा ज्वाइँ पराजित भएका छन् तर ससुरा सांसद बन्ने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ काडमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित भएका छन् । उनी जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीका ज्वाइँ हुन् । बहुदल आएयता सबैभन्दा धेरै पटक मन्त्री बनेर रेकर्ड बनाएका भण्डारी यसपटक भने महोत्तरी २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकै उम्मेदवारसँग पराजित भए ।

यस्तै नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही ४ बाट पराजित भए । तर, उनका ससुरा भने सांसद बन्ने भएका छन् । उनका ससुरा अर्जुन नरसिंह केसी समानुपातिकतर्फबाट नेपाली कांग्रेसकै सांसद बन्ने भएका छन् । उनी कांग्रेसको समानुपातिक सूचीमा खस आर्य पुरुषतर्फ पहिलो नम्बरमा छन् र अहिलेसम्म प्राप्त समानुपातिक मतका आधारमा उनी सांसद बन्ने निश्चित भइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *